पोखरामा कारको ठक्करबाट मृत्यु भएको एक पैदल यात्रीको सनाखत भएन

पाेखरा | पुस ११, २०८०

पोखरामा कारको ठक्करबाट मृत्यु भएको एक पैदल यात्रीको सनाखत भएन

पोखरा:   पोखरामा कारको ठक्करबाट मृत्यु  भएको एक जनाको सनाखत हुन सकेको छैन् । सोमबार राति बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई ठक्कर दिएको थियो । 


बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले पस्र्याङमा पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो । 


कारको ठक्करबाट मृत्यु  भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । 


कारको ठक्करबाट मृत्यु  भएका दुवै जनाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

 

कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको  बा १३ च ३७२१ नम्बरको कारले मंगलबार राति पस्र्याङमा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको हो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्